Post a Job

कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

Posted by | August 31, 2017 | NEB Result

१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

neb

उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते नै कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो ।

२०७४ भदौ १५ गते १९:०७ मा प्रकाशित

Tags: ,

Leave a Reply

You must be logged in to post a comment.