१४ फागुन, काठमाडौं । विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा “खुल्ला उम्मेदवार नीति” अनुरुप उम्मेदवारहरु छनोट गर्ने भएको छ ।

यो नीति पहिलो चरणमा काठमाडौं महानगरपालिकामा लागू गरिने उसले बताएको छ । विवेकशीलले उमेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीहरुका लागि फारम उपलब्ध गराउनेछ । पहिलो चरणमा बहुमत स्वतन्त्र र विवेकशील नेपाली दलका प्रतिनिधि सहितको निर्णायक समितिबाट आवेदकको मूल्याङ्कन गरी प्रारम्भिक सिफारिस गर्नेछ ।

दोश्रो चरणमा सम्भावित उम्मेदवार प्रतिको जनसमर्थन, दलको मूल्य मान्यतासँग निजको आचरणको मेल, नीतिगत र कार्यगत स्पष्टता र अन्तरवार्ताको आधारमा मूल्याङ्कन गरी पार्टीलाई उम्मेदवारको लागि अन्तिम सिफारिस गर्नेछ ।

उम्मेदवारका लागि आवेदन दिनेले व्यक्तिगत विवरणका साथै उम्मेदवारी दिनुको कारण, निर्वाचित भएमा गर्ने मुख्य पाँच काम र आफूलाई उम्मेद्वार छान्न सर्व-साधारणमा अपिल पेश गर्नु पर्नेछ । ‘यो नीति आम नागरिकका अपेक्षा र नागरिकमै आधारित नेतृत्व निर्माण गर्ने दिशामा एक कोसेढुंगा हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ, विवेकशील नेपाली दलले भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुगो लगाएको छ ।

मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिइएको छैन ।

तर, नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको विदालाई निरन्तरता दिइएको छ । यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्ती विदा दिने प्रस्ताव सामाजिक समितिले अस्वीकृत गरेको छ ।

वर्तमान मन्त्रिपरिषदका केही मन्त्रीहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने लविङ गरेका थिए । तर, गृह मन्त्रालयले भने उक्त दिन विदा नदिने प्रस्ताव गरेको हो ।

मन्त्रिपरिषदको सामाजिक समितिले पनि उक्त दिन सार्वजनिक विदा दिनु नपर्ने बताएको मुख्य सचिव सोमलाल सुवेदीले बताए । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।

अघिल्ला बर्षको क्यालेण्डरमा त्यो दिन सार्वजनिक विदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक विदा दिएका थिए ।

सरकारले लोकतन्त्र दिवस बैशाख ११ गतेका दिन पनि विदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा भने सार्वजनिक विदा दिइएको छ । राजनीतिक परिवर्तनलाई स्मरण गर्न फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सार्वजनिक विदा प्रस्ताव छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिले गरेको छ ।

दिवस शीर्षकमा सरकारले विश्व मजदुर दिवसको अवसरमा बैशाख १८ गते सार्वजनिक विदा दिने भएको छ । यस्तै माघ १६ गते शहिद दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक विदा प्रस्ताव गरिएको छ ।

सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २७ गते सार्वजनिक विदा दिएको छ । साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ भने चैत्र ११ गते रामनवमीमा पनि विदा दिने उल्लेख छ ।

यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । यसबाहेक चाडपर्व, विभिन्न दिवस गरी ३४ दिन सार्वजनिक विदा दिइएको छ ।

public holiday

Source: Online Khabar

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ ।

भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो ।

पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिए ।

“सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उनले भने ।

माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ ।
चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ ।

मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ ।

पहिलो चरणमा एसियाली विकास बैंकको रु २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो ।

Source: Online Khabar

साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् ।

साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ ।

त्यसैले आममाफी लिएर स्वदेश फर्कन प्रक्रिया अघि नबढाए समस्या पर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । अब अवैध कामदारले समसीमाभित्र स्वदेश र्फकन प्रक्रिया सुरु नगरे २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था छ ।

धेरै नेपाली कामदार पनि साउदीमा अवैध कामदारका रुपमा रहेकाले उनीहरुले आममाफीको सदुपयोग नगरे ठूलो जरिवाना तिर्नुपर्ने छ ।

कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म जरिवाना लगाउने निर्णय साउदीले गरिसकेको छ । साउदीको अध्यागमन विभागले यसरी जरिवाना तिरेर फर्किएकालाई फेरि साउदीमा आउन नदिने निर्णय पनि गरिसकेको छ ।

आममाफीको प्रक्रिया चैत १६ गतेदेखि सुरु हुनेछ । यसको ९० दिनको अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा कार्यरत विदेशी कामदारले विना सजाय देश छाड्न सक्नेछन् ।

यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउनेछन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिसा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बन्धित अन्य मामिलामा पनि लागू हुनेछ ।

यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छाडेका थिए । यो पटक पनि साउदीमा अवैध बसेका नेपालीले सहज रुपमा स्वदेश फर्कन मौका पाएका छन् ।

आममाफी प्रक्रियाबारे १० महत्वपूर्ण कुराहरु यस्ता छन्ः

१. १९ मार्च २०१७ सम्म हुरुव (भौगौडा) लागेर वा अकामा नबनेर वा म्याद सकिएका अकामा नवीकरण नभएर आलेखवद्ध/अवैधानिक -इलिगल) भएका ब्यक्तिहरुले स्वदेश फर्किन एक्जिट भिसाका लागि तोकिएको विवरणसहित आवेदन दिनुपर्नेछ । आममाफीको अवधिमा स्वदेश फर्किन कुनै खर्च लाग्दैन ।

२. यो आममाफी २९ मार्च २०१७ देखि लागू हुनेछ र ९० दिनसम्म रहनेछ । अबैध ढंगमा साउदी प्रवेश गरी कागजातबिहीन रहेका (विशेषतः नेपाली घरेलु महिला कामदारहरू)ले यसको फाइदा उठाउन सक्नेछन् ।

३. भिजिट भिसा, हज भिसामा साउदी आएर ओभरस्टे भएकाहरुले समेत यसमा सहभागी हुन सक्नेछन् । तर, यस्ता ब्यक्तिहरुले एपोन्मेन्ट लेटरको पि्रन्टसहित एयरपोर्ट इमिग्रेशनबाट एक्जिक्ट भिसा प्राप्त गर्न सक्नेछन् ।

४. आवेदन गर्दा तोकिएको वेबलिंकमा गएर विवरण भरि अगि्रम प्रक्रियाका लागि आफूलाई पायक पर्ने स्थानको जवाजात अफिसमा एपोइन्मेन्ट लिनुपर्नेछ । एपोइन्टमेन्टको लागि अनलाइन आवेदन स्वयम् ब्यक्तिले नै गर्न सक्नेछ । आवेदन गर्न नसक्नेहरुको लागि दूतावास वा दूतावासबाट तोकिएका नेपाली समुदायका स्वयम्सेवकहरुको सहयोग लिन सकिनेछ । स्वम्सेवकहरुको सूची दूतावासले सूचनामार्फत जानकारी गराउनेछ ।

५. सक्कल राहदानी भएका ब्यक्तिहरुले जावाजातका अनलाइन एपोइन्टमेन्ट प्राप्त गरेपछि त्यसको प्रतिलिपी, अकामा भए अकामा र सक्कल राहदानी लिएर सिधै एपोइन्टमेन्ट लिएको जवाजातको कार्यालयमा प्राप्त एपोइन्टमेन्टको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

६. सक्कल राहदानी नभएकाहरुको हकमा पुरानो राहदानीको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गरी दूतावासले तोकेको स्थानबाट ट्राभल डकुमेन्ट (आउटपास) लिनुपर्नेछ । र सो आउटपास, अनलाइन एपोइन्टमेन्ट लेटरको प्रतिलिपि र अकामा भए अकामा लिई एपोइन्टमेन्टमा तोकिएको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

७. सम्बन्धित जवाजात अफिसमा समयमा पुगेर फिंगर लगायताका प्रक्रियाका लागि सम्बन्धित डेस्कमा गई हुनुपर्नेछ । कुनै समस्या कुनै समस्या परेमा दूतावास वा दूतावासका अधिकारीसँग बुझ्न सकिनेछ ।

८. यो कामका लागि जवाजातको कार्यालय समय विहान ७.३० देखि दिउँसो २.३० सम्म २९ मार्चबाट सुरु हुनेछ ।

९. निवेदन दिएका तर, कुनै न कुनै जरिवाना (गरामा) वा मुद्धा (मतलुब) भएका ब्यक्तिलाई एक्जिक्ट भिसा लगाउन समस्या हुनसक्ने भएकाले एपोइन्टमेन्ट लिनु अगावै अफ्नो मुद्दा रहेको सम्बन्धित प्रहरी निकाय -प्रहरी, अदालत)मा सम्पर्क गरी मुद्दाको फस्र्योट गर्नुपर्नेछ ।

१०. साउदीको कानून तोडेर अपराधिक केशमा पक्राउ परेका, जेल सजाय भोगिरहेकाहरूका लागि यो आममाफी लागू हुनेछैन । योग्यहरुले प्रक्रियामा सहभागी नभए २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

Tribhuvan University, Institute of Science and Technology, Examination Department today publishes the examination center notice for upcoming examination of Masters of Science (M.Sc) Second year partial examination which is going to start from Chaitra 18, 2073.

ejobsnepal

काठमाडौँ, चैत १० गते ।  बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ ।  बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ ।  पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले दिएको छ ।
“पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन ।  अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ ।  त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ”, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिनुभयो । ntc
उहाँले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताउनुभयो ।  “पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एक÷एक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ”, उहाँले भन्नुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले उपभोक्ताको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको बताउनुभयो ।  उहाँले सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभूत गराउने उद्देश्यका साथ क्षतिपूर्तिसहितको नयाँ व्यवस्था गर्न नयाँ नियमावली बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गर्नुभयो ।
प्राधिकरणले कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ ।  नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ ।
दूरसञ्चार सेवा प्रदायकले आफ्नो प्रतिबद्धता अनुसार सेवा नदिएको गुनासो उपभोक्ताबाट धेरै आएपछि नियमावली तयार गर्न लागिएको हो ।  नियमावलीको मस्यौदा तयार भएपछि प्राधिकरणको बोर्डले अनुमोदन गरेर मन्त्रालयमा पठाउने र त्यसपछि मन्त्रीस्तरीय बैठकले मस्यौदा स्वीकृत गरेपछि नियमावली लागू हुनेछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा)ले करिब पाँच वर्षअघि काठमाडौँ, पोखरा, विराटनगर र नेपालगन्जमा गरेको अध्ययनमा सेवा प्रदायकको गुणस्तर ‘सामान्य र कामचलाउ’ मात्र देखिएको जनाएको थियो ।
सेडाको प्रतिवेदनअनुसार सेवाको गुणस्तर तुलनात्मक रूपमा सुधार नभएको, अधिकांश स्थानमा सेवा नराम्रो देखिएको र तोकिएको मापदण्ड पूरा नभएको पाइएको छ ।  तर, सेडाले गरेको अध्ययनपश्चात् कुन सेवा प्रदायकको कस्तो गुणस्तर छ भन्ने कुराको स्वतन्त्र सर्वेक्षण हालसम्म हुन सकेको छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ९० प्रतिशत फोन डायल गर्नासाथ लाग्नुपर्ने र एउटा निकायबाट अर्कोमा फोन गर्दा हुने जाम (प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेक्सन) एक प्रतिशत मात्रै हुनुपर्ने सर्त प्राधिकरणले तोकिदिएको छ ।
यस्तै ‘सर्भिस एक्सेस डिले रेट’ १५ सेकेन्डभन्दा कममा हुनुपर्ने, ‘कल कम्प्लिसन रेट’ ४५ प्रतिशतभन्दा धेरै हुनुपर्ने, ‘कल क्वालिटी रेट’ ९० प्रतिशतभन्दा धेरै हुनुपर्ने र ‘कल ड्रप रेट’ तीन प्रतिशतभन्दा कम हुनुपर्ने ‘बेन्चमार्क’ कायम गरे पनि यो सीमा नाघेर कम्पनीले सेवा दिइरहेको सेवाग्राहीको गुनासो छ ।

Source : Gorkaha Patra Online

ejobsnepal

९ चैत, काठमाडौं । चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आउँदो असारभित्रै ८ लेनमा सञ्चालनमा आउने भएको छ । विस्तारको क्रममा रहेको कोटेश्वर-कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डको सबै काम असारभित्रै सक्ने गरी चिनियाँ ठेकेदारले काम तीब्र बनाएको छ ।

अहिले विस्तारको कामका कारण धुलाम्य र हिलाम्य बनेको यो खण्ड असारपछि भने भक्तपुरको ८ लेलभन्दा कम्तिको हुनेछैन । विस्तारको काम सकिएपछि चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आकर्षक मात्रै हुने छैन, यसले अब विस्तार हुने चक्रपथको नमुना स्वरुप पाउनेछ ।

असारपछि सो सडकखण्डको क्षेत्रमा अहिले उडिरहेका धुलो निमिट्यान्न हुँदा स्थानीय र यात्रुहरुलाई सहज हुनेछ । कलंकी-कोटेश्वर सडक विस्तार आयोजनाका प्रवक्ता रमेश डिष्टीले आगामी असारसम्म कलंकीबाट सातदोबाटोसम्मको ५ किलोमिटर सडकखण्डको सबै काम सकिने अवस्था रहेको बताए ।

यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई-दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुँदैछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण हुनेछ । अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बन्दैछ ।

पहिलो ५ किलो मिटरको सडक विस्तारपछि यही स्वरुपमा ०७५ को असारसम्म आयोजनाको सबै काम सकेर कलंकीसम्मकै सडक विस्तार भइसक्ने उनले बताए ।
अहिले कोटेश्वरबाट बालकुमारीसम्मको सडकको सर्भिस लेनमा कालोपत्रेको काम सुरु भएको छ ।

‘बेमौसमी बर्षाले काम प्रभावित गरेन भने मंगलबारबाट कालोपत्रको काम सुरु भएको छ,’ डिष्टीले भने,’सर्भिस लेनको कालोपत्रेपछि मुख्य लेनमा पनि पिच सुरु गरिनेछ ।’

पुलको काम सकियो

कलंकी-कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण लगभग सकिएको छ । अब रेलिङ राखेर त्यसमा पेन्टिङको काम बाँकी छ ।पुरानो पुलमा लेन थपेर पुललाई सढकको चौंडाइअनुसार विस्तार गरिएको छ । पुरानो पुलको पनि मर्मत गरिएको छ ।

कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।’पुलको काम ९८ प्रतिशत सकिइसक्यो,’ प्रवक्ता डिष्टीले भने,’अब यी पुल रंग लगाएर खुला गर्न मात्रै बाँकी छ,’ उनले भने ।

आकाशे पुल बन्दै

अहिले यो खण्डमा विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न आकाशे पुल निर्माणको काम भइरहेको छ । चिनियाँ ठकेदारले ३ वटा पुल बनाइरहेको छ भने आयोजनाले आफ्नै लागतमा ३ वटा पुल बनाइरहेको छ ।

पैदलयात्रीका लागि चीनले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुल निर्माण गरिरहेको छ । ग्वार्को तथा बालकुमारीको बीच, सातदोबाटो र एकान्तकुनामा आयोजनाले नै आकाशे पुल निर्माण गरिरहेको छ ।

ejobsnepal

कुनै आकाशे पुलको निर्माण लगभग सकिने क्रममा छन् भने कुनै निर्माणको प्राथमिक चरणमा छन् । ‘प्रत्येक एक-एक किलोमिटरमा आकाशे पुल राख्नुपर्छ भनेर हामीले थप २ वटा पुल पनि थप्दैछौं’ डिष्टीले भने,’थप आकोश पुलका लागि यो वर्ष टेण्डर हुन्छ ।’

अब थप कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम गर्न लागिएको उनको भनाइ छ ।

अण्डरपासको लागि पाइलिङ हुँदै

कलंकी-कोटेश्वर सडक विस्तारको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरिरहेको छ । अहिले यो सडकखण्ड अन्तरगत नै कलंकीमा अन्डरपास-वे निर्माणका लागि पनि काम भइरहेको छ ।

कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागमा अन्डरपास छेड्न पाइलिङको काम सकिएको छ । कलंकी चोकबाट बल्खुतिर ४ सय मिटरमा पाइलिङ सकिएको हो । सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ ।

अब सितापाइलातिर ४ सय मिटर पाइलिङको काम सुरु गर्न ट्राफिकसँग सहयोग मागिएको प्रवक्ता डिष्टीले बताए । आगामी वर्षको  वर्षात सकिएपछि मात्रै सितापाइलातर्फको निर्माण थाल्ने भनिएपनि कामको गति बढाउन अहिलेबाटै काम गर्न लागिएको उनको भनाइ छ ।

ejobsnepal

कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइँदैछ । बल्खुबाट सीतापाइलातिर जाने गाडीहरु अन्डरपास बनेपछि भूमिगत रुपमा सिधै जान्छन्, जसबाट अहिले कलंकीमा लामो समय रोकिनुपर्ने बाध्यता हट्ने छ ।

त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि अब कलंकीको जाममा फस्नु पर्दैन । यद्यपी यो अन्डरपासको उपयोग भने चक्रपथ विस्तार पूर्णभएसँगै हुनेछ ।

५१ प्रतिशत काम सकियो

भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तार काम सम्पन्न हुनुपर्ने अवधि १ वर्ष लम्बिएको थियो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अहिले सडक विस्तार काम सक्नुपर्ने अवधि एक वर्ष लम्बिएको छ ।

२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ ।

ejobsnepal

२०७० साल भदौदेखि विस्तार कार्य थालिएको यो सडकखण्डमा समग्रमा अहिलेसम्म ५१ प्रतिशत काम सकिएको छ । यसमा चीन सरकारले झण्डै ५ अर्ब रुपैयाँ खर्च गर्दैछ । सडक सुधारका लागि नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।

२०७३ चैत ९ गते १०:३८ मा प्रकाशित

 

Source : Online Khabar

७ चैत, काठमाडौं । साउदी अरब सरकारले अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई ९० दिने आममाफी दिने घोषणा गरेको छ । यो चैत १६ गतेदेखि लागू हुनेछ ।

साउदीका राजकुमार एवं उपप्रधान तथा गृहमन्त्री मोहम्मद विन नइफले ‘अ नेशन विथआउट भ्वाइलेन्स’ नामक अभियान थाल्नै आममाफीको घोषणा गरेका हुन् । यो अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा बसेका विदेशी कामदारले विना सजाय देश छाड्न सक्नेछन् ।

नइफले नियम उल्लंघन गरेकाहरुलाई यो व्यवस्थाको लाभ लिन र आफ्नो छवी सुधारका लागि प्रयोग गर्न आग्रह गरे । उनले आफ्ना अधिकारीहरुलाई निर्देशन दिँदै यो सुविधाको लिन चहनेहरुको लागि आवश्यक प्रक्रिया मिलाउन समेत निर्देशन दिएको अरव न्यूजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता मनसुर अल टुर्कीका अनुसार यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बनिधत अन्य मामिलामा पनि यो सुविधा लागु हुनेछ ।

प्रवक्ता टुर्कीले आप्रवासी कामदार तथा कामको अनुमति नपाएका सीमा क्षेत्रमा सुराकीको लागि आएकाहरुको सम्बन्धमा अपनाइने प्रक्रियाको टुंगो लगाइने बताए । यस्ता व्यक्तिलाई ट्राभल परमिट जारी गरिनेछ ।

वैदेशिक रोजगार विभाग र पासपोर्ट विभागले यसको लागि आवश्यक तयारी सकिसकेको जानकारी दिइएको छ ।

परिचय पत्र नभएका आप्रवासी कामदार र धार्मिक भ्रमणमा आएर लामो अवधि बसेकाहरुले यो सुविधा लिन पासपोर्ट विभाग जानै पर्ने छ । साउदी अरब सरकारले आफ्ना देशवासीलाई वर्क पर्मिट र आवसीय नियम उल्लघंन गरेकाहरुलाई काममा नलगाउन समेत आग्रह गरेको छ ।

यो सुविधा अवधि समाप्तिपछि पनि बसाई नटुंगाउनेहरुले भने जरिजाना सहित सजाय भोग्नु पर्ने पनि त्यहाँको सरकारले स्पष्ट पारेको छ ।

यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए ।

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ ।  त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ ।

विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘उपत्यका बाहिरका विद्यार्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छाैँ,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने ।

कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित (वेब बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो ।

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम आगामी बुधबार (चैत ९ गते) देखि खुला हुँदैछ । यो पटक अनलाइन फारम भर्नुपर्नेछ ।

चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न सरकारले सबै तयारी सकाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिइने छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।

शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।

यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

भिडियो हेर्नुस्

 

इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।  परिक्षार्थीले आˆनो नतिजा आफूले प्राप्त गरेको अंकसहित रिजल्ट हेर्न पाउने छन् ।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

चैत ९ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।  फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन पि्रन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

थप जानकारी 

२०७३ चैत ६ गते १२:०५ मा प्रकाशित

 

Source : Online Khabar