Tribhuvan University

BSCsiT Routine

EJOBSNEPAL

Tribhuvan University, Institute of Science and Technology, Examination Department today publishes the examination center notice for upcoming examination of Masters of Science (M.Sc) Second year partial examination which is going to start from Chaitra 18, 2073.

ejobsnepal

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ ।  त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ ।

विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘उपत्यका बाहिरका विद्यार्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छाैँ,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने ।

कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित (वेब बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो ।

MBS Entrance Exam

ejobsnepal

त्रिभूवन विश्वविद्यालयले काठमाडौं उपत्यकाका सबै क्याम्पसहरूबाट मास्टर्स तहमा सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने भएको छ।

उपत्यका भित्रका २२ ‌आंगिकसहित सबै सम्बन्धन प्राप्त क्याम्पसहरूम यो शैक्षिक सत्रमा वार्षिक प्रणालीका लागि भर्ना नखोलिने उपकुलपति तीर्थ खनियाँले सेतोपाटीलाई बताए।

‘सेमेस्टर प्रणाली कार्यान्वयनमा जाने भएकाले उपत्यकाका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा अब वार्षिक प्रणालीबाट भर्ना खुल्दैन,’ उपकुलपति खनियाँले भने।
त्रिविले दुई वर्ष अगाडि नै उपत्यकाका सबै क्याम्पसका मार्स्टर्स तहमा सेमेस्टर प्रणाली लागु गर्ने प्रयास गरेको थियो।

त्यसबेला सेमेस्टरका लागि भर्ना खोले पनि विद्यार्थी संगठनहरूको विरोधपछि त्रिविले केन्द्रीय विभागहरूमा मात्रै यो कार्यक्रम लागु गरेको थियो। अहिले केन्द्रीय क्याम्पस किर्तिपुरमा पूर्णरूपमा सेमेस्टर प्रणाली कार्यान्वयन भएको छ। पत्रकारिता केन्द्रीय विभाग आरआर क्याम्पसमा पनि यो प्रणाली लागु भएको छ। यस्तै त्रिचन्द्र, अस्कल र पाटन क्याम्पसमा विज्ञान संकायमा यो प्रणाली कार्यान्वयन भइरहेको छ।
विद्यार्थी संगठनहरूले भने केन्द्रीय क्याम्पसमा नै त्रिविले सेमेस्टर प्रणाली व्यवस्थित गर्न नसकेको बेला अन्य क्याम्पसमा लागु हुन नसक्ने बताएका छन्।

अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘त्रिविले न समयमा रिजल्ट निकाल्न सकेको छ, न भनेअनुसार शिक्षण पद्धतिमा सुधार गर्न सकेको छ। यस्तो अवस्था अरू क्याम्पसमा कसरी यो प्रणाली लागु हुन सक्छ?’

दुई वर्षअगाडि विद्यार्थीहरूसँग गरेको कुनै पनि सम्झौता त्रिविले कार्यान्वयन नगरको आरोप उनले लगाए।

‘त्रिविले दुई वर्षमा कुनै पनि तयारी गरेको छैन,’ पराजुलीले भने, ‘सेमेस्टर प्रणालीका लागि आवश्यक पाठ्यसामग्री र भौतिक पुर्वाधार तयारीपछि मात्रै यो प्रणाली लागु हुन सक्छ।’

दुई वर्षअघि विद्यार्थी संगठनहरूसँग त्रिविले भौतिक पूर्वाधार विकास, सेमेस्टरका पाठ्यक्रम तयारी, जनशक्तिको व्यवस्थापन र तालिम लगायतक विभिन्न विषयमा सहमति गरेको थियो। यो सहमति कार्यान्वयन नगरी सेमेस्टरमा भर्ना खोल्न मात्रै त्रिवि हतारिएकाले यसको विरोध हुने सचिव पराजुलीको भनाई छ। पराजुली दुई वर्षअघि त्रिविसँग वार्ता गर्ने विद्यार्थीको टोलीमा समेत थिए।

विद्यार्थी संगठनहरूसँगको सम्झौता पूर्णरूपमा कार्यान्वयन भइनसकेको उपकुलपति खनियाँ स्वीकार गर्छन्। तयारी विस्तारी चल्दै जाने भएकाले कार्यान्वयन सुरु गरिहाल्नु पर्ने उनको तर्क छ।
‘सबै तयारी सकेरमात्रै सेमेस्टरमा जाने भन्ने उहाँहरू(विद्यार्थी संगठनहरू) को माग छ,’ उनले भने,’तर तयारी बिस्तारै हुँदै जान्छ। कार्यान्वयनसँगै तयारी पनि हुन्छ।’

त्रिविले सेमेस्टरमा भर्ना खोल्ने र विद्यार्थी संगठनले विरोध गर्ने क्रम विगतका वर्षमा जस्तै यसपाली पनि दोहोरिने देखिन्छ। यसले मास्टर्स तहमा भर्ना हुने विद्यार्थीहरूलाई अन्योलमा पार्ने गर्छ।

Source: Seto Pati

n

ejobs

s